कैलाली कारागार घटना : सिडिओ लम्साललाई खटाइयो

धनगढी : गृह मन्त्रालयले कैलालीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोगन हमाललाई हटाएको छ।

Dhangadhi_Tihar 2083

कैलाली कारागारमा भएको झडप घटनामा असक्षम देखिएको भन्दै मन्त्रालयले उनलाई हटाएको हो। कैलालीमा दाङमा कार्यरत सिडिओ कृष्ण प्रसाद लम्साललाई खटाइको छ।

कारागार प्रकरणमा सिडिओको सरुवा भएपनि एसपी बालनरसिंह राणालाई भने हटाइएको छैन। शुक्रवार राति कैलाली कारागारमा कैदीबन्दीबीच भएको झडपमा एक जनाको मृत्युु भएको थियोे भने ४८ घाइते छन्।

Loading...