कञ्चनपुरमा भ्रष्टाचार मुद्दामा फरार एक जना पक्राउ

कञ्चनपुर : भ्रष्टाचार मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ परेका छन्।

Dhangadhi_Tihar 2083

जिल्ला अदालत कञ्चनपुरको मिति २०७७ माघ १६ गतेको फैसलाले भ्रष्टाचार (नक्कली प्रमाण पत्र) मुद्दामा ६ महिना कैद सजाय र १० हजार जरिवाना तोकिई फरार रहेको कञ्चनपुरको लालझाडी गाउँपालिका–२ बस्ने ५४वर्षीय नन्दलाल तिरुवा पक्राउ परेका हुन्।

तिरुवालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिहीवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

Loading...