लागूऔषधसहित कैलालीमा २ जना पक्राउ

धनगढी : कैलालीमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्।

बर्दगोरिया गाउँपालिका–२ बौनिया स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ गइरहेको युपी ३२ एच.एफ ४६९५ नम्बरको कारलाई शंका लागि चेकजाँच गर्दा चालक भारत उत्तर प्रदेश कानपुग्राम रामपुर मजरा बैरिसाल रसुलाबाद बस्ने ३१ वर्षीय रमेश कुमार र उक्त कारमा सवार कैलालीको गौरिगंगा नगरपालिका–९ मसुरिया बस्ने २६ वर्षीय बिनोद विक पक्राउ परेका हुन्।

उनीहरुको साथबाट ४ ग्राम ७६० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्तपदार्थ, कारसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय सडकपुर बौनिया, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

Loading...