कैलाली : लायन्स क्लब अफ धनगढी संजीवनीको अध्यक्षमा लक्ष्मीराज ओझा निर्वाचित भएका छन ।
बर्ष २०२५/०२६ का लागि ओझा अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन । लायन्स क्लब अफ धनगढी संजिवनिको शुक्रबार बसेको बैठकले ओझासहित सम्पुर्ण पदाधिकारीलाई निर्विरोध निर्वाचित गरेको हो ।
क्लबको बरिष्ठ उपाध्यक्षमा रतन एस के, सचिवमा गौरिदत्त जोशी र कोषाध्यक्षमा हेमराज ओझा निर्वाचित भएका छन । नव निर्वाचित टिमलाई आज पद हस्तान्तरण समेत गरिएको छ । निवर्तमान अध्यक्ष शेर बहादुर महतराको अध्यक्षतामा भएको पद हस्तान्तण कार्यक्रममा लाइन्स क्लबका डिष्ट्रीक एक्ज्युकेटिभ चिफ गोबिन्द बहादुर अधिकारी, सिनियर लायन जनकराज जोशी, प्रेम बिसि लगायतको उपस्थिति रहेको थियो ।
पदभार ग्रहण गर्दै अध्यक्ष ओझाले आफ्नो एकबर्षे कार्यकालमा दुर्गम बस्तिमा बृहत स्वास्थ्य शिविर, रक्तदान लगायत सामाजिक कार्य गर्ने प्रतिबद्धता जनाएका छन ।