धनगढी : कैलालीको धनगढीको मुख्य सडकमा अवस्थित कजारिया ग्यालेक्सीले आफ्नो पहिलो वार्षिकोत्सव विशेष आकर्षक योजनासहित मनाउने भएको छ।
राठी इन्टरप्राइजेजले गत वर्षदेखि सञ्चालनमा ल्याएको ग्यालेक्सीले उपभोक्तालाई भदौ १ गतेदेखि ७ गतेसम्म कजारिया ब्रान्डका टायलमा एमआरपीमा ४५ प्रतिशतसम्म छुट उपलब्ध गराउने घोषणा गरेको हो।
नेपालमै उत्पादन हुने कजारिया ब्रान्डका टायलले छोटो अवधिमै बजारमा उल्लेखनीय सफलता पाएको छ। कम्पनीका अनुसार, नवलपरासीको बर्दघाटमा उत्पादित टायलले हालै मात्र एक महिनामै चार लाख वर्ग मिटर बिक्रीको रेकर्ड कायम गरेको छ।
यस टायलले आइएसओ र एनएस दुवै गुणस्तर प्रमाणपत्र प्राप्त गरिसकेको छ। १५ वर्षको अनुभव, एक वर्षको सफलता धनगढीमा १५ वर्षदेखि टायल व्यवसाय गर्दै आएको राठी इन्टरप्राइजेजले एक वर्षअघि करिब २,८०० वर्गफिटमा फैलिएको ‘कजारिया ग्यालेक्सी’ सञ्चालनमा ल्याएको हो।
सुदूरपश्चिमकै एक मात्र आधिकारिक डिस्ट्रिब्युटरका रूपमा राठी इन्टरप्राइजेजले कजारियालाई बजारमा सशक्त ढंगले प्रस्तुत गर्दै आएको छ। वार्षिकोत्सवकै अवसरमा ग्यालेक्सीले ग्राहकलाई छुटसहित विशेष उपहारसमेत दिने घोषणा गरेको छ।
स्थापना दिवसमा आयोजित कार्यक्रममा कम्पनीले आफ्ना स्थायी ग्राहकलाई सम्मानसहित उपहार प्रदान गरेको थियो। ५२ वर्षको व्यवसायिक परम्परा राठी इन्टरप्राइजेज सुदूरपश्चिमकै पुरानो र विश्वसनीय व्यापारिक घराना हो।
करिब ५२ वर्षअघि गौरीशंकर राठीले स्थापना गरेको यो व्यापारिक फर्मले गत ४६ वर्षदेखि धनगढीमा निरन्तर व्यवसाय गर्दै आएको छ।