अत्तरिया : कैलालीको अत्तरियाबाट प्रकाशित अत्तरिया खबर राष्ट्रिय दैनिकले आफ्नो पाँचौँ वार्षिक उत्सवको अवसरमा सुदूरपश्चिम समावेशी विद्यालयलाई सहयोग गरेको छ ।
आइतबार वार्षिकोत्सवको अवसरमा अत्तरिया खबर दैनिकले गोदावरी नगरपालिका – २ मा रहेको उक्त विद्यालयलाई नगद सहयोग गरेको हो । जसअन्तर्गत विद्यालयलाई १० हजार बरावरको सहयोग गरिएको अत्तरिया खबर राष्ट्रिय दैनिकका प्रकाशक राज कुमार साउँदले बताए ।
उनले फरक क्षमता भएका बालबालिका अध्ययन गर्ने सो विद्यालयमा अध्ययनरत विद्यार्थीलाई थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले वार्षिकोत्सवको अवसरमा सहयोग गरिएको बताए ।
विद्यालयका संस्थापक अध्यक्ष मान बहादुर साउँदले विद्यालयलाई सहयोग गरेको प्रति धन्यावाद ज्ञापन गर्दै अत्तरिया खबरको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए । अत्तरिया खबर राष्ट्रिय दैनिक २०७७ भाद्र १ गते देखि सञ्चालनमा आएको थियो ।
उक्त पत्रिकाले अत्तरिया अनलाइन पनि सञ्चालनमा ल्याएको छ । अत्तरिया खबर दैनिकले स्थापना कालदेखि आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न सामाजिक काम गर्दै आएको छ ।