कैलाली र कञ्चनपुरका बिभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद

धनगढी : कैलाली र कञ्चनपुरबाट ९ लाख ७२ हजार १७० मुल्यको भन्सार छलीका सामान बरामद गरिएको छ।

कैलालीको बिभिन्न स्थान भजनी नगरपालिका–१ गोदाम टोलको बाटो छेउ र टीकापुर नगरपालिका–६ भर्तापुर स्थित सडक खण्डबाट अवैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका ४ लाख ३ हजार ४ सय बराबरको सामान प्रहरीले बरामद गरेको छ।

उक्त मुल्य बराबरको मोटरसाइकलका बिभिन्न पाटपुर्जा बल्ब, व्यारीङ, ब्रेक लिभर, ब्रेक प्याड, ह्याण्डिल कोन, कट अफ स्विच, १२ भोल्ट ब्याट्री लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट संयुक्त खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

यस्तै कञ्चनपुरको बिभिन्न स्थान भीमदत्त नगरपालिका–४ बसपार्क र दोधारा चाँदनी नगरपालिका–१ मलरिया नालाबाट अवैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका ५ लाख ६८ हजार ७७० बराबरको सामान बरामद गरेको छ।

कञ्चनपुरबाट भन्सार छलीको चिनी, पेय पदार्थ, खानेतेल, कस्मेटिक लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाको छ।

Loading...