प्याब्सनको विरोध र्‍याली, स्कुल बसहरूमा कालो झण्डा

अत्तरिया : निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन (प्याब्सन) गोदावरी नगर कार्य समितिले विरोध र्‍याली निकालेको छ ।

शुक्रवार विद्यालय शिक्षा विधेयक, २०८० का अव्यवहारिक प्रावधान खारेजीको माग गर्दै अत्तरिया आसपासका क्षेत्रमा विद्यालयका बसहरू सहित शान्तिपूर्ण विरोध र्‍याली निकालिएको हो ।

देशव्यापी कार्यक्रम अन्तरगत निकालिएको र्‍यालीमा निजी विद्यालयहरूलाई क्रमशः गैरनाफामुलक बनाइनेछ भन्ने वाक्यांश हटाउनु पर्ने, हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी सङ्ख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिइनु पर्ने, छात्रवृत्ति अन्तरगत भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाई शुल्क कायम हुनुपर्ने र पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाइनु पर्ने माग राखिएका थिए ।

प्याब्सनका केन्द्रीय उपाध्यक्ष जगवीर थापाले बिहीबार र्‍याली प्रदर्शन गरेकोमा शुक्रवार विद्यालयमा बसहरूमा कालो झण्डा राखेर विरोध र्‍याली निकालिएको बताए । उनले शनिवार सङ्घीय संसद् घेराउ गर्ने कार्यक्रम रहेको बताए ।

र्‍यालीमा प्याब्सन गोदावरी नगर कमिटी सहित नेशनल प्याब्सन, प्याब्सन, हिसान लगायतको सहभागिता रहेको थियो ।

Deep Jyoti Pustak psl
Loading...