नेपाल हज समितिको सदस्यमा कैलालीका भाट

कैलाली : नेपाल सरकार, गृह मन्त्रालयले नेपाल हज समितिको नयाँ सदस्यमा कैलालीको गोदावरी नगरपालिका–१ निवासी मोहम्मद नैमुद्दिन भाटलाई नियुक्त गरेको छ ।

गृह मन्त्रालयले २०८२ भदौ ३ गते गरेको मन्त्रीस्तरीय निर्णयअनुसार भाटलाई आगामी दुई वर्षका लागि समितिको सदस्य तोकिएको हो । सोही दिन राजपत्रमा समितिको पुनर्गठनसम्बन्धी सूचना पनि प्रकाशित गरिएको थियो ।

नव–नियुक्त सदस्य भाटले समितिको कार्यसम्पादन, विशेषगरी धार्मिक यात्रा व्यवस्थापनमा सक्रिय योगदान पु¥याउने अपेक्षा लिइएको मन्त्रालयले जनाएको छ ।

Deep Jyoti Pustak psl
Loading...