सुदूरपश्चिममा ३८४ जनामा डेंगी सङ्क्रमण, सतर्कता अपनाउन आग्रह

धनगढी : डेंगीको सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ । पानी पर्न थालेपछि डेंगी सङ्क्रमण पनि बढ्न थालेको छ।

पछिल्लो एक सातामा २११ जनामा डेंगी सङ्क्रमण देखिएको छ । डेंगी सङ्क्रमणबाट दुई जनाले ज्यान गुमाइसकेका छन्। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालका अनुसार ३ हजार २४७ जनामा डेंगी सङ्क्रमण देखिएको छ ।

कोशी प्रदेशमा ५६८, मधेशमा ६२, बागमतीमा ६७५, गण्डकीमा ९१४, लुम्बिनीमा ५५१, कर्णालीमा ९३ र सुदूरपश्चिममा ३८४ जनामा डेंगी सङ्क्रमण देखिएको प्रमुख डा दाहालले जानकारी दिए । पानी पर्ने क्रम जारी रहेकाले सर्वसाधारणलाई सतर्कता अपनाउन समेत उनले आग्रह गरे।

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुलबाट लार्भा निस्कन्छ । त्यही लार्भा वयस्क भएपछि त्यसले टोकेपछि डेंगी रोग लाग्छ। डेंगी रोकथामका लागि सरकारले प्रत्येक शुक्रबार लामखुट्टै खोज र नष्ट अभियान सञ्चालन गरेको छ।

सन् २०२४ मा डेंगी सङ्क्रमण ७६ जिल्लामा फैलिएको थियो भने यसबाट १५ जनाको मृत्यु हुनुका साथै ४१ हजार ८६५ जना सङ्क्रमित भएका थिए।

Deep Jyoti Pustak psl
Loading...