कञ्चनपुरमा लागूऔषधसहित युवक पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा लागूऔषधसहित युवक पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–७ हल्दुखालबाट सोही ठाउँ बस्ने २४ वर्षीय प्रबिन धानुक २७० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित पक्राउ परेका हुन्।

धानुकलाई शुक्रवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...