कैलालीबाट मोबाइल पार्टस बरामद

धनगढी : कैलालीबाट करिब ६० लाख रुपैयाँ बराबरको भन्सार छलिएका मोबाइलका सामान बरामद भएको छ।

Dhangadhi_Tihar 2083

आइतबार धनगढी उपमहानगर–१९ फुलबारी गाउँको एक घरबाट करिब ६० लाख बराबरका सामान बरामद गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। भारतबाट अवैध रूपले ल्याएर घरमा लुकाएर राखेको सामान बरामद भएको हो।

सशस्त्र प्रहरी बल नेपालको नं. ३४ गण कैलालीले उक्त सामान बरामद गरेको हो। सशस्त्रको प्रधान कार्यालयको विशेष सूचनाको आधारमा बरामद सामान कसले ल्याएको हो भन्ने खुलेको छैन।

बरामद मोबाइल पाट्र्स आवश्यक कारवाहीको लागि भन्सार कार्यालय टिकापुरमा बुझाएको छ।

Loading...