गौरा पर्वको अवसरमा गोदावरी नगरपालिकामा स्थानीय बिदा

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले यही भदौ १३ गते (शुक्रबार) एक दिनका लागि स्थानीय बिदा दिने घोषणा गरेको छ।

नगरपालिकाको १३० औं कार्यपालिका बैठकको निर्णयअनुसार गौरा पर्वको अवसरमा नगर कार्यपालिकाको कार्यालय, मातहतका कार्यालय (अत्यावश्यक सेवा बाहेक) तथा सम्पूर्ण शैक्षिक संस्थाहरूमा बिदा दिने घोषणा गरेको हो।

यस अवसरमा गोदावरी नगरपालिकाले सम्पूर्ण नगरबासीलाई गौरा पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।

Deep Jyoti Pustak psl
Loading...