कैलालीका विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद

धनगढी : कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ।

सोमवार जिल्लाका विभिन्न स्थानबाट भारतबाट अवैध रुपमा भन्सारछली गरी ल्याईएका करिब २ लाख २७ हजार ७४० रुपैया बराबरका सामानहरु प्रहरीले बरामद गरेको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार जिल्लाको धनगढी उपमहानगरपालिका– २ बैयावेहडी र भजनी नगरपालिका–७ हिक्मतपुरबाट सो मुल्य बराबरका सामानहरु बरामद गरिएका हुन।

Loading...