मायामेट्रो अस्पताल र बडेहा–बिजौरा खानेपानी समितिबीच उपचार सेवामा विशेष छुट सम्झौता

धनगढी : कैलालीको धनगढी–३, चटकपुरस्थित माया मेट्रो अस्पताल प्रा.लि. र बडेहा बिजौरा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बीच उपचार सेवामा विशेष छुट दिने सम्झौता भएको छ।

Dhangadhi_Tihar 2083

सम्झौताअनुसार समितिका उपभोक्ता सदस्य तथा परिवारका सदस्यहरूले अस्पतालमा उपचार गर्दा विभिन्न सेवामा छुट पाउनेछन्। सम्झौतामा अस्पतालका अध्यक्ष धिरेन्द्र सावद र समितिका अध्यक्ष चेतराज पन्तबिच हस्ताक्षर गरिएको हो।

जस अनुसार ल्याब र सामान्य बेडमा २० प्रतिशत, आईसीयू, एनआईसीयू, क्याबिन, टीएमटी/एबीपी/होल्टरमा १५ प्रतिशत, युएसजी, ईको, एन्डोस्कोपीमा र सिटी स्क्यानमा १० प्रतिशत, फार्मेसी र अपरेसन थिएटर (ओटी)मा ७ दशमलव ५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो।

सम्झौतापत्र प्रत्येक दुई वर्षमा नवीकरण गर्नुपर्ने उल्लेख गरिएको छ।

Loading...