सिडेन सुदूरपश्चिमको नेतृत्वमा रोशन भट्ट

अत्तरिया : सुदूरपश्चिम प्रदेश, नेपाल – सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) सुदूरपश्चिम प्रदेशको सभापतिमा इन्जिनियर रोशन भट्ट सर्वसम्मत रूपमा चयन भएका छन्।

नेपाली कांग्रेस निकट यस संस्थाको उपाध्यक्षमा इन्जिनियर कृष्णबहादुर ऐर, सचिवमा दीपेन्द्रबहादुर शाही, सहसचिवमा किरण रावल र कोषाध्यक्षमा शैलेन्द्रबहादुर मल्ल सर्वसम्मत नियुक्त भएका छन्।

सदस्यहरुमा बिरेन्द्र रोकाया, शान्तकुमार साउद, मदनबहादुर कुंवर, रोशन ओझा, रोशन भाट, प्रदीपकुमार धामी, विकास रावल, कोशराज बडू, करणसिंह ऐरी र मंगल बुढा चयन भएका छन्।

यस नयाँ नेतृत्वले सुदूरपश्चिमका इन्जिनियर समुदायको विकास र प्राविधिक क्षेत्रमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Deep Jyoti Pustak psl
Loading...