आज सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

अत्तरिया : आज सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी र लुम्बिनी प्रदेशका केही ठाउँ तथा बाँकी पहाडी र तराई भूभागका थोरै ठाउँहरुमा मध्यम वर्षाको सम्भावना छ ।

Dhangadhi_Tihar 2083

राति सुदूरपश्चिम प्रदेशका केही ठाउँमा, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै ठाउँमा र बाँकी तराई भूभागका एक/दुई ठाउँमा मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । गएराति कञ्चनपुरसँगै कास्की र ताप्लेजुङमा ठूलो पानी परेको छ ।

यस्तै डडेलधुरा, बागलुङ, म्याग्दी, चितवन, सिन्धुपाल्चोक, दोलखा, डोटी लगायतका ठाउँमा पनि मध्यम वर्षा भएको छ ।

Loading...