बझाङमा भीरबाट हाम फालेका कैदी गम्भीर घाइते

धनगढी : बझाङमा कारागारबाट भागेका कैदीले प्रहरीले नियन्त्रणमा लिन खोज्दा भीरबाट हाम फालेपछि गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका जाजरकोटको भेरी नगरपालिका–४ का रोहित सुनार रहेको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

उनकाअनुसार सुनारलाई बित्थडचिर गाउँपालिका क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो । सोही क्रममा भीरबाट हाम फालेका सुनार करिब तीन सय मिटर तल खसेका थिए । उनको ढाड र घाँटीमा गम्भीर चोट लागेको छ ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत सुनारको स्वास्थ अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीसँगै भागेका कर्तव्य ज्यान मुद्दाकै कैदी चन्द्रबहादुर पुनलाई भने प्रहरीले सकुशल पक्राउ गरेको छ।

Deep Jyoti Pustak psl
Loading...