गोदावरी-१ मा रहेको उग्रतारा सुधार गृहमा युवकको मृत्यु

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-१ भरतपुरमा रहेको उग्रतारा सुधार गृहमा राखिएका युवकको मृत्यु भएको छ । गएराति उग्रतारा सुधार गृहमा राखिएका डोटीको जोरायल गाउँपालिका-२ का २८ वर्षीय सागर मल्लको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दले मल्लको गएराति उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बताए । उनका अनुसार मानसिक स्वास्थमा समस्या रहेका मल्ललाई चार महिनाअघि सुधार गृहमा राखिएको थियो ।

औषधी खाएर साँझ ७ बजे निदाएका उनले गएराति १० बजेतिर पेट दु:ख्यो भनेको बुझिएको चन्दले बताए । केहीबेरमा निदाएका भनिएका उनी राति दुई बजेतिर शौचालय गएका थिए । शौचालयबाट धेरै बेरसम्म नआएका उनी अचेत अवस्थामा भेटिएपछि उपचारका लागि पद्मा अस्पताल लगिएको थियोे ।

साढे ३ बजे पद्मा अस्पताल पुगाइएपनि अस्पतालले उपचार गर्न नसक्ने भन्दै सेती प्रादेशिक अस्पताल पठाएको थियो । मल्लको उपचारका क्रममा सेतीमै मृत्यु भएको थियो । अहिले उनको शव प्रादेशिक अस्पतालमै राखिएको छ ।

मृतकका आफन्तले घटना शंकास्पद रहेकाले निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन् ।

Loading...