गोदावरी नगरपालिकाले मंगलबार देखि सेवा सुचारु गर्ने

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले असोज ७ गते (मंगलबार) देखि सेवा सुचारु गर्ने भएको छ । भाद्र २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको आगजनी तथा तोडफोड पछि बन्द रहेका सेवा असोज ७ गते देखि सुचारु गर्न लागिएको हो ।

नगरपालिकाले आज एक सूचना जारी गर्दै आगजनी तथा तोडफोडबाट यस कार्यालयको सबै भौतिक संरचनाहरु पुर्ण रुपमा ध्वस्त भई कार्यालय सञ्चालनका लागि प्रायोग हुने कम्प्युटर तथा अन्य उपकरण लगायतका सामाग्रीहरु जलेको अवस्था भई आगजनी पश्चात यस कार्यालयको दैनिक सेवा प्रवाह अवरुद्ध भएको थियो ।

नगरबासिहरुको अथक प्रयास स्वरुप हाल कार्यालयका केही शाखाहरु सरसफाई गरी कार्यालय सञ्चालन गर्ने व्यवस्था भएकाले मंगलबारदेखी बन्द भएको सेवा नगरपालिकाको कार्यालय र वडाहरूबाट नियमित रूपमा सुचारु हुने सूचनामा उल्लेख गरिएको छ ।

Loading...