गोदावरी नगरपालिकालाई ९ संघसंस्था लगायत व्यक्तिको सहयोग

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकालाई ९ वटा संघसंस्था लगायत व्यक्तिले सहयोग गरेका छन् ।

यही असोज ५ र ७ गते दुई दिन नगरपालिकालाई ९ वटा संघसंस्था तथा व्यक्तिले सहयोग गरेका हुन् । नगरप्रमुख विरेन्द्र भट्टले सामाजिक सञ्जालमा ९ वटा संघसंस्था र व्यक्तिको नाम सार्वजनिक गर्दै नगरलाई सहयोग गरेको जानकारी दिएका छन ।

Dhangadhi_Tihar 2083

उनका अनुसार नगरपालिकालाई सुप समावेशी आधारभूत विद्यालयका शिक्षकहरुबाट १ थान दराज, १ थान घुम्ने कुर्सी र २ थान प्लास्टिक कुर्सी सहयोग भएको छ ।

त्यस्तै लुनिभा सहकारी तथा वित्तीय संस्था सप्टवेयर अत्तरिया शाखाबाट एक थान टेबुल, मानव अधिकारका लागि महिला गोदावरी महिला समुहबाट अफिसियल दराज १ थान, वडा नं. ९ मा रहेको सरस्वती माध्यमिक विद्यालय शेहरीबाट २ थान कम्प्युटर सेट, चण्डेश्वरी एन्जेन्सी प्रा.लि. अत्तरियाबाट १ थान प्रिन्टर सहयोग भएको उनले बताए ।

त्यसैगरी गोदावरी – ८ फकलपुर गाउँबाट भलमन्सा यम बहादुर चौधरीको टीमबाट १० थान प्लास्टिक कुर्सी, शैलेश्वरी मावि बडेहाका शिक्षकहरुको सहयोगबाट १ थान दराज, १ थान अफिस टेबल र १ थान घुम्ने कुर्सी, भागेश्वर फ्लोर मिलका संचालक लाल बाहदुर बोगटीबाट १ सेट अफिसियल सोफा तथा गोदावरी ईसाई समाजद्वारा ९ थान अफिसियल दराज सहयोग भएको नगरप्रमुख भट्टले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले सहयोगका सबैलाई धन्यवाद दिदै स्थानियस्तरबाट प्राप्त सहयोगले नै नगरपालिकालाई पुनर्निर्माण गर्न सहयोग पुग्ने विश्वास लिएको बताए ।

Loading...