अत्तरिया : कैलालीमा असोज २० गतेसम्म फरार कैदीलाई सम्पर्कमा आउन आग्रह प्रशासनले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीले सोमबार एक सूचना जारी गर्दै फरार रहेका कैदीबन्दीले असोज २० गतेसम्म सम्पर्कमा आउन आग्रह गर्दै अन्यथा कारागार ऐन र प्रचलित कानुन बमोजिम कारबाही हुने जनाएको छ ।

प्रशासनका सूचना अधिकारी जोशीले जारी गरेको सूचनामा फरार कैदीबन्दीलाई लुकाउने र आश्रय दिनेलाई पनि कारबाहीको दायरामा ल्याइने उल्लेख छ । ‘कारागारबाट भागी फरार भएका कैदीबन्दीहरूलाई खोजी गरी कारागारमा फिर्ता ल्याउने कार्य निरन्तर भइरहेको भए तापनि अझै पनि केही संख्यामा कैदीबन्दीहरू कारागार बाहिरै रहेको देखिएकोले यसरी कारागारबाट भागी फरार भई कारागार भन्दा बाहिर रहेका कैदीबन्दीहरूको थप प्रभावकारी र परिणाममुखी ढंगले खोजी, नियन्त्रण तथा पक्राउ गर्ने भईरहेको व्यहोरा अवगतै छ’ सूचनामा भनिएको छ ‘सोही विषयमा सहायक प्रमुख जिल्ला अधिकारीज्यूको संयोजत्वमा औपचारिक रूपमा फरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन भई कार्य प्रारम्भ समेत भै सकेको छ ।
यसरी भागी फरार भएका कैदीबन्दीहरु लुकाउने, छिपाने वा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठहर गरी कानूनी कारवाही भई जाने भएकोले कैदीबन्दीहरुले स्वस्फुर्त रुपमा र लुकिछिपि वसेको जानकारी पाउने व्यक्तिले १०० वा नजिकको प्रहरी वा देहाय वमोजिमको सम्पर्क नं.मा गोप्य रुपमा सूचनारजानकारी गराई फरार रहेका कैदीवन्दीहरुलाई कारागार फर्काउने कार्यमा आवश्यक सहयोग गरिदिनु हुन समेत निर्देशानुसार हार्दिक अनुरोध छ ।’
जेनजी आन्दोलनका क्रममा कैलाली कारागारबाट ६६६ कैदीबन्दी फरार भएका थिए । फरार कैदीबन्दीमध्ये ३२७ जना कारागार फर्किसकेका छन् ।