धनगढी : कैलालीको एक घरमा आगलागी भएको छ।
जिल्लाको भजनी नगरपालिका–३ पडरीया बस्ने ५० वर्षीय कलम चौधरीको घरमा बिद्युतको तार सर्ट भई सोमवार आगलागी भएको हो।
आगलागी हुँदा खाद्यान्न, लत्ताकपडा, भाडाबर्तन, काठ लगायतका समान गरी अन्दाजी मुल्य २ लाख ८० हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
