बास्कोटामा जेवाइसी कप क्रिकेट उद्घाटन, सिवाईसी अत्तरियाको विजयी सुरुवात

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका– ४ मा जेवाइसी कप लोटस आई प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु भएको छ । सो वडामा रहेको ज्वाला देवी युवा क्लब (जेवाइसी) आयोजनामा बुधबारबाट प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको एक कार्यक्रमका बिच वडाध्यक्ष हेम प्रकाश मल्लले उद्घाटन गरे । कार्यक्रममा उनले प्रतियोगिताको सफलताको शुभकामना दिए । उनले खेलकुदका गतिविधिले युवाहरुलाई लागू औषध कुलतमा लाग्नबाट जोगाउने बताए । ‘खेल भनेको अनुसासन हुने नैतिकवान हुने माध्यम हो’ उनले भने ‘अहिले साना नानिबाबु पनि कुलतमा फसिरहेको अवस्थामा यस्ता खेलकुदका गतिविधिले धेरै हदसम्म यसको न्यूनिकरण गर्ने छ ।’

प्रतियोगितामा गोदावरी नगरक्षेत्रका ८ वटा टिमहरुको सहभागिता रहेको छ । यही असोज २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको प्रथम पुरस्कार नगद रु. ४० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र तथा द्धितिय पुरस्कार नगद रु. २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ ।

लिग कम नकआउट चरणमा खेलाईने प्रतियोगितालाई विभिन्न क्षेत्रबाट स्पोन्सरका रुपमा सहयोग प्राप्त भएको क्लबका अध्यक्ष महेश भट्टले जानकारी दिए । उनका अनुसार प्रतियोगितालाई टाइटल स्पोन्सर गरी अत्तरियाको लोटस आई माविले सहयोग गरेको छ भने धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले जर्सी सहयोग गरेको छ ।

यस्तै बास्कोटा सामुदायिक बन उपभोक्ता समुह र सिवाइसी एकेडेमीले प्रतियोगितालाई प्राविधिक सहयोग गरेको उनले बताए । यसैगरी बास्कोटा खानेपानी तथा सरसफाई उपभोक्ता समिति, एएलसी मोबाइल ग्यालरी, स्टार मोबाइल ग्यालरी, सर्वाेत्तम पेन्ट्स अत्तरिया, भुवनेश्वरी हार्डवेयर एण्ड सप्लायर्स तथा भुवनेश्वरी ग्रप, जिएसएम कम्प्लेक्स र अत्तरिया हस्पिटलले प्रतियोगितालाई सहयोग गरेका छन ।

त्यतिमात्रै नभई एपेक्स एकेडेमी, कर्मा अबरोड एजुकेशन कन्सलटेन्सी, जिआर फोटोग्राफी, हाम्रो पुरानो शैलेश्वरी सुनचाँदी पसल, कृषक एग्रीकल्चर्स एण्ड मिल स्टोर्सले पनि सहयोग गरेको अध्यक्ष भट्टले बताए । भट्टका अनुसार प्रतियोगितालाई टेक बहादुर खड्का, चेतराज जोशी र मनोहर बहादुर कुँवरले व्यक्तिगत सहयोग समेत गरेका छन् ।

सिवाईसी अत्तरियाको विजयी सुरुवात

जेवाईसी कप लोटस आई प्रिमियर लिग क्रिकेट प्रतियोगितामा सिवाईसी अत्तरियाले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा ह्वाईट बल क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै सिवाईसीले विजयी सुरुवात गरेको हो ।

टस जितेर ब्याटिङ रोजेको ह्वाईट बल क्रिकेट क्लबले ९.५ ओभरमा सबै विकेट गुमाएर ६० रन मात्रै बनाउन सक्यो । जसमा प्रोहित बडुले २० रनको योगदान दिएका थिए भने राजेश भट्टले १२ र प्रिसियस मल्ले १० रनको योगदान दिए । ह्वाईट बल क्रिकेट क्लबका ४ जना खेलाडीहरु शुन्यमा आउट भएका थिए ।

बलिङमा सिवाईसीका भोज भट्टराईले ४ तथा अभिषेक कोइराला र गौरभ जोशीले २/२ विकेट लिए । ६१ रनको सामान्य लक्ष्य सहित मैदान उत्रिएको सिवाइसी अत्तरियाले ६.१ ओभरमा ३ विकेट गुमाएर ६३ रन प्रहार गर्दै जित हासिल ग¥यो । सिवाईसीका लागि ओपनर खगेन्द्र जोशीले आक्रमक पारी खेले ।

रन आउट हुनु अघि उनले १६ बलमा ३८ रन प्रहार गरे । यस्तै राज बि.क ले १० र कैलाश भट्टराईले ९ रन बनाए । बलिङमा ह्वाईट बल क्रिकेट क्लबका नविन जोशी र प्रकाश भट्टले १/१ विकेट लिए ।

प्रतियोगिता अन्र्तगत बिहिबार ३ वटा खेलहरु खेलाईने प्रतियोगिता संयोजक खेमराज जोशीले जानकारी दिए ।

Deep Jyoti Pustak psl
Loading...