अत्तरिया शहरी खानेपानीद्वारा गोदावरी नगरपालिकालाई कम्प्युटर र प्रिन्टर सहयोग

अत्तरिया : अत्तरिया शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले गोदावरी नगरपालिकालाई दुई थान कम्प्युटर र दुई थान कलर प्रिन्टर उपलब्ध गराएको छ ।

भाद्र २३–२४ गतेको जेनजी आन्दोलनमा आगजनी भएको गोदावरी नगरपालिकाको पुनर्निर्माणका लागि सञ्चालन भइरहेको “मेरो पालिका, म आफैं बनाउँछु” अभियानमा सहयोग पु¥याउदै शुक्रबार उपभोक्ता समितिले नगरपालिकालाई कम्प्युटर र कलर प्रिन्टर उपलब्ध गराएका हो ।

अत्तरिया शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका कार्यवाहक अध्यक्ष शेरबहादुर बिष्ट, खानेपानीका कर्मचारीहरू र अन्य प्रतिनिधिहरूको उपस्थितीमा उक्त कम्प्युटर र कलर प्रिन्टर सहयोग गरिएको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले हालसम्म सहयोग गर्ने सबै दातालाई धन्यवाद व्यक्त गर्दै, यस कठिन परिस्थितिमा देखाइएको एकता र सहयोगले नगर पुनर्निर्माणमा ठूलो योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन्।

सबै संघ–संस्था, विद्यालय, सहकारी संस्था र स्थानीयवासीप्रति नगरपालिकाले हार्दिक आभार व्यक्त गरेको छ।

Deep Jyoti Pustak psl
Loading...