कञ्चनपुरको शुक्लाफाँटाबाट १० जना जुवाडे पक्राउ

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटाबाट प्रहरीले १० जना जुवाडे पक्राउ गरेको छ ।

शुक्लाफाँटा नगरपालिका – ११ कलुवापुरमा रहेको बिरबहादुर बिष्टको किराना पसलमा जुवातास खेलिरहेका १० जना जुवाडे पक्राउ परेका हुन ।

इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले मंगलवार राति उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट ४ गड्डी तास र नगद ६३ हजार पाच सय रुपैयाँ समेत बरामद गरेको प्रहरीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...