कञ्चनपुरबाट पटाका बरामद

कञ्चनपुर : कञ्चनपुरबाट पटाका बरामद गरिएको छ।

जिल्लाको दोधारा चाँदनी नगरपालिका – ७ कासिपुरे टोल स्थित सिकेन्दर सुनारको खेतबारीमा २ वटा ठुलो कार्टुनमा झाडीभित्र लुकाई छिपाई ल्याइ राखेको अवस्थामा विभिन्न किसिमका ३लाख ३३ हजार नौ सय बाह्र मुल्य बराबरका पटाका फेला पारी प्रहरीले बरामद गरेको हो।

इलाका प्रहरी कार्यालय दोधारा चाँदनी कञ्चनपुरबाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बल बिओपि कञ्चभोजबाट खटिएको सयुक्त टोलीले बिहीवार फेला पारी बरामद गरेको हो। उक्त पटाका रित पुर्वक बरामद गरी नियन्त्रणमा लिइ नष्ट गरीएको प्रहरीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...