कैलालीमा ४० वर्षीय पुरुषमाथि कुटपिट

धनगढी : कैलालीमा कुटपिटबाट एक पुरुष घाइते भएका छन्।

Dhangadhi_Tihar 2083

गौरीगंगा नगरपालिका– १ चनौरामा २२ वर्षीय स्थानीय काँसीराम साउँद, २० वर्षीय नरेश जोशी र ४० वर्षीय लालबहादुर चौधरीबिच सामान्य विवाद भएको थियो। सोही क्रममा साउँद र जोशीले चौधरीलाई कुटपिट गरेको प्रहरीले जनाएको छ।

कुटपिटबाट घाइते भएका चौधरीको धनगढीस्थित केजी अस्पतालमा उपचार भइरहेको छ। कुटपिटमा संलग्न व्यक्तीहरू फरार रहेको इलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ।

Loading...