कैलालीको धनगढीबाट लागूऔषधसहित दुई किशोर पक्राउ

धनगढी : कैलालीको धनगढीबाट लागूऔषध खैरो हिरोईनसहित दुई किशोर पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१२ को जुगेडा कटानबाट सोही ठाउँ बस्ने दुई जना किशोरलाई खैरो हिरोईनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले बुधवार दिउँसो १९ वर्षीय आकाश चौधरी र १८ वर्षीय किशोरलाई २ ग्राम ८५० मिलिग्राम खैरो हेरोइनसहित फेला पारी पक्राउ गरेको जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...