कैलालीको धनगढीबाट लागू औषध सहित दुई युवक पक्राउ

अत्तरिया : कैलालीको धनगढीबाट लागू औषध सहित दुइ युवक पक्राउ परेका छन ।

बुधबार राती धनगढी उपमहानगरपालिका – २ ट्राफिक चौराहाबाट डडेल्धुराको आलीताल गाउँपालिका – ३ का २४ वर्षीय कैलाश धामी र बैतडीको सुर्नया गाउँपालिका – ७ का २३ वर्षीय अबिनाश कुवँर पक्राउ परेका हुन ।

उनीहरुको साथबाट २३० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

Deep Jyoti Pustak psl
Loading...