अत्तरिया : कैलालीको अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयको अध्यक्षका लागि ३ जनाले उम्मेदवारी दिएका छन । शनिबार पुस्तकालयको १६ औं साधारण सभामा अध्यक्षका लागि ३ जनाले उम्मेदवारी दिएका हुन ।
अध्यक्षमा दिर्घराज भट्ट, भुपेश जोशी र यज्ञराज हमालले उमेदवारी दर्ता गरेका छन । त्यस्तै उपाध्यक्षमा नरेन्द्रराज शर्मा र टेकराज भट्टको उमेदवारी परेको छ भने सचिवमा धर्मसिंह कुवर र लिलाधर बास्कोटाले उमेदवारी दिएका छन ।
कोषाध्यक्षमा जयराज फुलारा र कमला भट्टराईको उमेदवारी परेको छ । सह सचिवमा हेमन्तराज जोशीको उमेदवारी परेको छ । सदस्यहरुमा शेरसिंह खड्का, रामचन्द्र जोशी, नरेन्द्र बहादुर बोहरा, तपराज ओझा र खिमादेवी ओझाले उमेदवारी दर्ता गरेका छन् ।
