अछाम जिल्ला कारागारका कैदीबन्दीलाई अगरबत्ती उत्पादनसम्बन्धी तालिम

अछाम : अछाम जिल्ला कारागारका कैदीबन्दीलाई सीप सिकाउने उद्देश्यले अगरबत्ती उत्पादनसम्बन्धी तालिम दिइएको छ।

Dhangadhi_Tihar 2083

घरेलु तथा साना उद्योग कार्यालय अछामको आयोजनामा यही कात्तिक १८ गतेदेखि सातदिने सीप विकास तालिम कारागारमा सञ्चालन गरिएको हो।

कारागारमा रहेका कैदीबन्दीमध्ये अहिले १५ जनालाई तालिम दिइएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख भीमबहादुर सिंहले बताए।

उनका अनुसार कार्यालयले कैदीबन्दीको मागबमोजिम विभिन्न सीप विकास तालिम सञ्चालन गरेको हो। कारागारबाट सजाय काटेर बाहिर निस्केपछि समाजमा पुनःस्थापित हुन तालिमले सहयोग गर्ने उहाँले विश्वास व्यक्त गरे।

Loading...