कैलालीको गौरीफन्टा नाकाबाट सुन र चाँदीसहित चार नेपाली पक्राउ

धनगढी : कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक किलो चाँदीसहित चार नेपाली नागरिक पक्राउ परेका छन्।

नेपाल–भारत सीमामा रहेको बिओपी गौरीफन्टा चेकपोष्टमा खटिएको प्रहरी टोलीले भारतको महाराष्ट्र क्राइम ब्रान्चको सहयोगमा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकामा २५ वर्षीय दीपक नरसिंह, ३७ वर्षीय भुवनसिंह चलाउने, ४७ वर्षीय जीवनकुमार थारु र ५६ वर्षीय खेमराज कुलपति देवकोटा रहेका छन्।

उनीहरूको स्थायी ठेगाना भने खुलाइएको छैन। भारतीय प्रहरीका अनुसार उनीहरूबाट ६१६.९ ग्राम (५२.९ तोला) सुन र ७८०.८ ग्राम चाँदी बरामद गरिएको हो। प्रारम्भिक अनुसन्धानमा उनीहरूले महाराष्ट्रको आभुुषण पसल सुन र चाँदी चोरी गरी नेपालतर्फ ल्याएको खुलेको प्रहरीले जनाएको छ।

चारै जनालाई थप अनुसन्धानका लागि क्राइम ब्रान्च र गौरीफन्टा प्रहरीले भारतको जिल्ला खिरी पठाएको बताइएको छ।

Deep Jyoti Pustak psl
Loading...