अछाममा एक फरार अभियुक्त पक्राउ

अछाम : जातीय छुवाछुत तथा भेदभाव मुद्दामा अदालतले सजाय तोकेको एक फरार अभियुक्तलाई प्रहरीले अछाममा पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको टोलीले रामारोशन गाउँपालिका–२ निवासी ३८ वर्षीय राम बहादुर रावललाई मंगलसैन नगरपालिका–५ स्थित मंगलसैन बजारबाट पक्राउ गरेको हो।

रावललाई उच्च अदालत दिपायल, डोटीले मिति २०७८ साल माघ २५ गते तीन महिना कैद सजाय र रु. ५०,००० जरिवाना तोकेको थियो।

फैसला कार्यान्वयनको सिलसिलामा पक्राउ परेका रावलमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...