धनगढीमा पार्किङमा राखेको हायसको सिसा फुटाइयो

धनगढी : धनगढी बसपार्कमा हायसको सिसा फुटाइएको छ।

Dhangadhi_Tihar 2083

पार्किङमा राखेको सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १७६४ नम्बरको हायस गाडीको सिसा फुटाइएको हो। बिहीवार राति अज्ञात व्यक्तिले गाडीको सिसा फुटाउँदा ३५ हजारको क्षति भएको गाडी धनी परमानन्द भट्टले बताए।

धनगढी बसपार्कमा पालो पाउन राति बसपार्कमै बस्नुपर्ने नियम छ। धनगढी– टीकापुर रुटमा चल्ने हायसको पालो पाउन चालक या सह–चालकले राति बसपार्कमै सुत्नुपर्ने नियम बनाइएको छ। बिहानको लागि पालो कुर्न गाडी सहित बसपार्कमा सुतेको अवस्थामा रातिको समयमा अज्ञात व्यक्ति आएर ढुङ्गा प्रहार गरेर गाडीको सिसा फुटाइएको भट्टले बताए।

टीकापुर रुटमा पालो पाउन गाडी धनी या चलाक–सहचालक मध्ये एक जनाले बिहान पाँच बजे बसपार्कमै रहेको संयुक्त बुकिङ काउन्टरमा लाइन लाग्नुपर्ने नियम छ। नियमअनुसार स्वचालित नम्बर आउने प्रणालीको विकास गर्नुको सट्टा बसपार्कमै सुत्नुपर्ने झन्झटिलो नियम बनाइएको छ।

Loading...