काठमाडौँ : भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा राणा शुक्रबार राति स्वदेश फिर्ता भएका छन् ।
२३ गतेको नरसंहारपछि त्यसको भोलिपल्ट २४ गते आन्दोलनकारीद्वारा कुटपिट भएपछि घाइते भएका कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी तत्कालीन परराष्ट्रमन्त्री आरजु देउवा राणा सिंगापुर उपचारपछि शुक्रबार नेपाल फर्केका छन् ।
कार्तिक १० गते उपचारका लागि सिंगापुर गाएका देउवा दम्पती १८ दिनपछि स्वदेश फर्केका हुन् ।