बैतडी : बैतडीमा चरेश मुद्दामा फरार एक महिला पक्राउ परेकी छिन्।

पक्राउ पर्नेमा पुर्चौडी नगरपालिका–४ धौलकाडा बस्ने ३५ वर्षकी भावना धामी रहेकी छिन्।
जिल्ला अदालत बैतडीको फैसलाले लागूऔषध (चरेश) मुद्दामा १ वर्ष ७ महिना ६ दिन कैद सजाय र १५ हजार जरिवाना तोकेपछि धामी फरार रहेकी थिइन्।
धामीलाई अस्थायी प्रहरी पोष्ट धौनाखोली, बैतडीबाट खटिएको प्रहरी टोलीले बुधवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।