बाजुराको कोल्टीबाट राष्ट्रिय परिचयपत्र सहितका सरकारी सेवाहरू उपलब्ध हुने

बाजुरा : अब बाजुराको कोल्टीबाट नै राष्ट्रिय परिचयपत्र सहितका सरकारी सेवाहरू उपलब्ध हुने भएका छन्।

जिल्ला प्रशासन कार्यालयले सदरमुकाम मार्तडीमा मात्रै सीमित सेवालाई विस्तार गर्दै कोल्टीबाट पनि सेवा सुरु गरेको हो। यसअघि परिचय पत्र बनाउन मार्तडी पुग्नुपर्ने बाध्यता हटेपछि पूर्व–उत्तरी क्षेत्रका बासिन्दा खुसी भएका छन्।

बुढीनन्दा नगरपालिकाका प्रमुख जनक कुमार बोहराका अनुसार बुढीनन्दा, जगन्नाथ, स्वामिकार्तिक खापर र हिमाली गाउँपालिकाका नागरिकलाई लक्षित गर्दै सेवाको विस्तार गरिएको हो।

प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले वर्षौंदेखि नागरिकले भोग्दै आएको दूरी र भीडभाडको समस्यालाई ध्यानमा राख्दै कोल्टी उपयुक्त स्थानका रूपमा चयन गरिएको बताए।

अब मार्तडी र कोल्टी दुबै स्थानबाट सेवा उपलब्ध भएपछि नागरिकलाई नजिकमै छिटो तथा सरल रूपमा सरकारी सेवा पाउने सुविधा खुलेको छ, जसले समय, खर्च र श्रम बचत हुने अपेक्षा गरिएको छ।

Deep Jyoti Pustak psl
Loading...