मेल्लेख गाउँपालिकाले ४८ जना करार कर्मचारी हटायो

अछाम : अछामको मेल्लेख गाउँपालिकाले करारमा कार्यरत ४८ जना कर्मचारीहरूको नियुक्ति खारेज गरेको छ ।

गत कात्तिक ३० गते बसेको ७ औं कार्यपालिका बैठकले करारमा कार्यरत ४८ जना अस्थायी कर्मचारीको करार सम्झौता रद्द गर्ने निर्णय गरेको हो । मल्लेख गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सङ्गीता ताम्राकारले पालिकामा कार्यरत अस्थायी कर्मचारीहरूको करार सम्झौता रद्द गरिएको जानकारी दिइन।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र अनुसार, कार्यपालिका बैठकले करारमा कार्यरत कर्मचारीहरूको करार सम्झौँता रद्द गर्ने निर्णय गरेसँगै मङ्सिर १ गतेदेखि करार कर्मचारीहरू कार्यालयमा हाजिर नभएको उनले बताइन।

मेल्लेख गाउँपालिकामा करारमा कार्यरत एक जना रेडियोग्राफर, ल्याब ४ जना, अनमी ६ जना, स्टाफ नर्स एक जना, मेडिकल अधिकृत एक जना, वडा सहायक ८ जना, कम्प्युटर अपरेटर १ जना, सहायक कम्प्युटर अपरेटर १ जना, आँखा उपचार केन्द्रमा कार्यरत ३ जना, प्राविधिक ३ जना, खेलकुद प्रशिक्षक १ जना, रोजगार शाखामा कार्यरत २ जना स्वीपर ८ जना र ५ जना कार्यालय सहयोगीको करार सम्झौता रद्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत ताम्राकारले जानकारी दिइन ।

अस्थायी कर्मचारीहरूको करार सम्झौता रद्द गरिएपछि सेवा प्रभावहमा जटिलता थपिएको जनाइएको छ । कर्मचारी अपुग भएपछि कार्यालयका नियमित कामकाज प्रभावित बनेको निमित्त प्रमुख प्रशासकीय अधिकृत ताम्राकारले बताइन्। उनका अनुसार, हाल आँखा उपचार केन्द्र बन्द भएको छ भने, मेडिकल अधिकृत नहुँदा अहिले एक जना अहेबको भरमा सेवा सुचारु भइरहेको छ ।

अहिले कार्यालयको सरसफाइमा समेत समस्या भएको उनले बताईन। खाली दरबन्दीहरूको प्रक्रिया पु¥याएर परीक्षाको माध्यमबाट आवश्यक कर्मचारी नियुक्ति गर्न प्रक्रिया अगाडि बढाइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत ताम्राकारले बताएकी छन्।

Deep Jyoti Pustak psl
Loading...