धनगढीमा शान्तिपूर्ण आन्दोलन गरिरहेका जेनजी माथि युवासंघको आक्रमण

अत्तरिया : कैलालीको धनगढीमा शान्तिपूर्ण आन्दोलन गरिरहेको जेनजी माथि आक्रमण गरिएको छ ।

एमाले नेता महेश बस्नेत धनगढी आउने कार्यक्रमको विरोध गरिरहेका जेनजी माथि युवासंघको –यालीमा सहभागी युवाहरूले आक्रमण गरेका हुन ।

धनगढीको जनजी मार्ग नजिकै आन्दोलन गरिरहेका जेनजी माथि कैलाली उद्योग वाणिज्य संघको हलमा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा युवा संघका कार्यकर्ताले आक्रमण गरेका थिए ।

प्रहरीले जेनजीलाई घेरा हालेर सडक किनारामा रोकेको भए पनि –याली सहित धनगढी एयरपोर्ट देखि कार्यक्रम स्थलमा जाँदै गरेका युवा संघका कार्यकर्ता प्रहरी घेरा तोड्दै जेनजी युवामाथि आक्रमण गरेका थिए ।

आक्रमणमा परेर जेनजी अगुवा सरिता जोशी सहित २ जना घाइते भएका छन । उनीहरूको निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।

Deep Jyoti Pustak psl
Loading...