गोदावरी नगरपालिका– ११ द्धारा ३ मन्दिरलाई कुर्चि वितरण

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका– ११ ले वडामा रहेका मठमन्दिरहरुलाई प्लाष्टिक कुर्चि वितरण गरेको छ ।

Dhangadhi_Tihar 2083

वडाले बुधबार वडाभित्र रहेका ३ वटा मन्दिरहरुलाई प्लाष्टिक कुर्चि वितरण गरेको हो । वडामा रहेका शिव मन्दिर व्यवस्थापन समिति, मष्टा वण्डाली पोखरयाल देवता मन्दिर र कालिका मन्दिरलाई प्लाष्टिक कुर्चि सहयोग गरेको वडाध्यक्ष प्रेम बहादुर बडैलाले जानकारी दिए ।

उनले वडाले शिवमन्दिर व्यवस्थापन समितिलाई १५ थान, मष्टा वण्डाली पोखरयाल देवतालाई २० थन र कालिका मन्दिरलाई १० थान कुर्चि वितरण गरेको बताए ।

वडाध्यक्ष बडैलाले चालु आर्थिक वर्षमा वडाबाट विनियोजीत बजेटबाट सो सामानहरु मन्दिरहरुलाई वितरण गरिएको बताए ।

Loading...