अत्तरिया: एघारौं महाधिवेशनका लागि नेकपा एमालेले आज देशैभरी प्रतिनिधि छनोट गर्दैछ ।
कैलालीको क्षेत्र नम्बर ४ मा पनि प्रतिनिधि छनोटका लागि निर्वाचन सुरु भएको छ । सर्वसम्मत सहमति नजुटेपछि निर्वाचन हुन लागेको हो ।
६ जना महाधिवेशन प्रतिनिधिका लागि १२ जना चुनावी मैदानमा होमिएका छन् ।
खुल्लाबाट नरबहादुर तामाङ, भिम बहादुर देउवा, चक्र बहादुर बोहरा, राम बहादुर श्रेष्ठ, आन्नद प्रसाद भट्ट र टिकाराम आचार्य रहेका छन् भने महिलाबाट रत्ना कुँवर जोशी, शान्ति देवी सिंह, गंगा कुमारी चौधरी र ईश्वरी देवी आचार्य रहेका छन् । यस्तै युवाबाट यज्ञराज कापडी र सुद्धिराम चौधरी रहेका छन् ।
महाधिवेशन प्रतिनिधिका लागि खुल्लाबाट ३, महिलाबाट २ र युवाबाट १ जना गरि ६ जना छनोट हुने निर्वाचन कमिटि संयोजक नरेन्द्र राज शर्माले जानकारी दिए । ३१ सय ३९ जना मतदाता रहेका छन् ।
कैलाली क्षेत्र नम्बर ४ गोदावरी नगरपालिका, गौरिगंगा नगरपालिका र चुरे गाउँपालिका गरि ३ पालिकामा रहेका एमालेमा आवद्ध संगठित सदस्य र सदस्यता नविकरण गरेका निर्वाचन कमिटिले सार्वजनिक गरेको नामावलीमा नाम रहेकाले मतदान गर्न पाउनेछन् ।
दिउँसो १२:३० बजेदेखि सुरु भएको निर्वाचन बेलुका ५:३० बजेसम्म हुने निर्वाचन कमिटिले जनाएको छ ।