कैलालीमा दुई युवक र एक युवती लागूऔषधसहित पक्राउ

धनगढी : कैलालीको धनगढीका दुई युवक र एक युवती लागूऔषधसहित पक्राउ परेका छन्।

Dhangadhi_Tihar 2083

धनगढी उपमहानगरपालिका–१३ झलारीगाउँ एयरपोर्ट नजिकबाट सोही ठाउँ बस्ने २३ वर्षीय भुवन राना, २३ वर्षकी कल्पना चौधरी र धनगढी उपमहानगरपालिका–११ बस्ने २५ वर्षीय जिवन चौधरी लागूऔषधसहित पक्राउ परेका हुन्।

उनीहरुको साथबाट ५२० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित तिनै जनालाई प्रहरी चौकी कैलालीगाउँ, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।

Loading...