अत्तरिया : कैलालीको अत्तरियामा इभी गाडी (हाइस) ले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकलमा सवार १९ वर्षीया कविता बराल घाइते भएकी हुन ।

अत्तरियाबाट महेन्द्रनगर तर्फ जाँदै गरेको सुप प्र ०२००१ ज ०४९ हाइसले विपरीत दिशाबाट आउँदै गरेको से ४ प १८५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
घाइतेको अत्तरिया अस्पतालमा उपचार भइरहेको छ ।