३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस अत्तरियामा विविध कार्यक्रमसहित सम्पन्न

अत्तरिया : कैलालीको अत्तरियामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रमसहित मनाइएको छ ।

गोदावरी नगर स्तरीय अपाङ्ग कार्य सञ्जालले प्रभातफेरी, सरसफाइ तथा औपचारिक कार्यक्रम गरी दिवस मनाएको हो। सुप समावेशी विद्यालयको प्रांगणबाट सुरु भएको प्रभातफेरी अत्तरिया चोक हुँदै बसपार्कमा पुगेर सरसफाइ कार्यक्रममा परिणत भयो।

Dhangadhi_Tihar 2083

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, समान सहभागिता र अवसरको मागसहितका नारा लेखिएका ब्यानर प्रदर्शन गरिएको थियो।

स्कुलमै आयोजित औपचारिक कार्यक्रममा सांसद तुलसी देवकोटाले प्रमुख अतिथिको रूपमा सहभागी भई अपाङ्ग अधिकारका विषयमा विचार राखे।

कार्यक्रममा ४ जनालाई सम्मान गरिनुका साथै ह्वीलचेयर दौड, हाजिरीजवाफ, वक्तृत्वकलाका विजेतालाई पुरस्कार वितरण गरिएको थियो।

मंगलबार साँझ दीप प्रज्वलन गरेर पनि दिवसको पूर्वसन्ध्या मनाइएको थियो।

Loading...