रुखबाट खसेर कैलालीमा एक जनाको मृत्यु

धनगढी : कैलालीको चुरे गाउँपालिका–६ ढुङ्गेनीमा रुखबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ।

मंसिर २० गते साझ अपराह्न साढे ४ बजे रुखबाट खसेका ४८ वर्षीय बलबहादुर साउदको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले जानकारी दिए। घर नजिकै रुखमा चढी स्याउला काट्ने क्रममा अचानक खसेपछि साउद गम्भीर घाइते भएका थिए।

स्थानीयले उनलाई तत्काल उद्धार गरी अस्पताल पु¥याएका थिए। उपचारका क्रममा नै साउदको मृत्यु भएको बिष्टले बताए। घटना सम्बन्धमा आवश्यक प्रक्रिया सुरु गरिएको प्रहरीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...