कञ्चनपुरमा पार्किङ गरिएको बसमा आगलागी

धनगढी : कञ्चनपुरमा रोकेको अवस्थामा रहेको एक यात्रुबसमा आगलागी भएको छ। शनिबार राति बेदकोट नगरपालिका–२ जडेपानीमा पार्किङ गरी राखिएको बसमा लागेको आगोबाट बस पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

Dhangadhi_Tihar 2083

बेदकोट–२ जडेपानीका ३१ वर्षीय केशव नाथले बैजनाथ माध्यमिक विद्यालय नजिक सडक छेउमा पार्किङ गरेको पवनदुत यातायातको बा ३ ख ९८३७ नम्बरको बसमा अचानक आगलागी भएको प्रहरीले जानकारी दिएको छ।

मंसिर २० गते राति अपराह्न ११ बजेर ४० मिनटमा प्रहरीले खबर पाएको र घटनास्थलमा पुगेका प्रहरी र स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिए पनि बसलाई जोगाउन नसकिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी ले बताए।

बस पूर्णरूपमा क्षतिग्रस्त भएको र आगलागीको कारणबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Loading...