अत्तरियामा उर्जाशिल कर्मचारी संघको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशन सम्पन्न

अत्तरिया : नेपाल विद्युत प्राधिकरणअन्तर्गत उर्जाशिल कर्मचारी संघको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ।

सोमवार संघको अधिवेशन कैलालीको अत्तरियामा सम्पन्न भएको हो। संघका केन्द्रीय सदस्य विष्णु पाठकको अध्यक्षतामा सम्पन्न अधिवेशनमा केन्द्रीय संयोजक इन्द्रप्रसाद नेउपाने प्रमुख अतिथि तथा महेश्वर दत्त पनेरु विशिष्ट अतिथि थिए।

कार्यक्रमको सञ्चालन भास्करदत्त पन्तले गरेका थिए। प्रथम अधिवेशनले कर्णबहादुर बोहरालाई प्रदेश अध्यक्ष, जनक पुजारालाई उपाध्यक्ष र भास्करदत्त पन्तलाई सचिवसहित १९ सदस्यीय प्रदेश समिति सर्वसम्मतरूपमा गठन गरेको हो

Deep Jyoti Pustak psl
Loading...