कैलालीका एक जना पक्राउ

धनगढी : चोरी मुद्दामा फरार कैलालीका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा १ महिना कैद सजाय र १ हजार जरिवाना तोकिएको कैलालीको गोदावरी नगरपालिका–८ बस्ने २३ वर्षीय दिपेन्द्र राना पक्राउ परेका हुन्।

रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आइतवार उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...