कैलालीमा बहु–विवाह र लागूऔषध मुद्दामा फरार २ जना पक्राउ

धनगढी : कैलालीमा बहु–विवाह र लागूऔषध मुद्दामा फरार २ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा लागूऔषध मुद्दामा ६ महिना कैद सजाय तोकिएकी कैलालीको गोदावरी नगरपालिका–१ बस्ने काजल पार्की र बहु–विवाह मुद्दामा १ वर्ष कैद सजाय तोकिएको जिल्ला धनगढी–३ बस्ने लालबहादुर टमटा रहेका छन्।

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय ठहर भई फरार रहेका दुबै जनालाई सोमवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...